image
image

मेलम्चीको २० लाख लिटर पानी कमलपोखरीमा 

काठमाडौँ। निर्माणाधीन काठमाडौंको कमलपोखरीमा परीक्षणका रूपमा करिब २० लाख लिटर मेलम्चीको पानी हालिएको छ ।

सुरुवाती चरणमा केही पानी रखिएको हो। पानी चलायमान गराउन बीच भागमा एउटा ठूलो र छेउछाउतिर ९ वटा फोहरा रहन्छन्,’ काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भने, ‘पोखरीको पहिचान दिन बीचमा फाइबरको कमल फूल राख्ने छौ।’

एक वर्षभित्र काम सक्ने गरी गत वर्ष नै महानगरले पोखरी पुनर्निर्माणको शिलान्यास गरेको थियो । पुनर्निर्माणको जिम्मा धनञ्जय कँडेल जेभी रानीबारीले पाएको छ । निर्माण कम्पनीले पोखरीसँगै उद्यान निर्माणको काम पनि गरिरहेको महानगर भौतिक विभागका इन्जिनियर प्रेमबहादुर श्रेष्ठको भनाइ छ। उद्यान अपांगमैत्री हुनेछ भने बीचमा पानीको फोहरा हुनेछ । पोखरीको चारै कुनामा कमल रोप्नका लागि ससाना पोखरी बनाइनेछन् ।

वर्षौर्देंखि उजाड कमलपोखरीलाई सुन्दर र कलात्मक ढंगले पुनर्निर्माण गर्न लागिएको मेयर शाक्यले बताए हुन् । ‘सौन्दर्यको कामसँगै काठका केही कलात्मक बुट्टा कुँद्ने काम भइरहेको छ’, उनले भने, ‘आगन्तुकलाई बस्न चौतारा पनि निर्माण गरिनेछन् । वरिपरि बिजुली जडान गरेर झिलिमिली पारिनेछ । खुला व्यायाम गर्ने ठाउँ, ब्याडमिन्टन र बास्केटबल खेल्ने ठाउँ हुनेछ ।’

सांस्कृतिक सम्पदाको संरक्षण, मर्मतसम्भार तथा जीर्णोद्धारको काम महानगरको भएको शाक्यले बताए । ‘पोखरीको मौलिकता बचाउँछौं,’ उनले भने, ‘पहिचान जोगाउन नै कमलपोखरी निर्माण भइराखेको छ । यसप्रति हामी पनि सचेत छौं ।’ काम गर्ने क्रममा केही विरोध भएको भन्दै उनले त्यो नबुझेर गरिएको बताए छन्। ‘कमलपोखरी बिगार्न वा नास्न खोजेको होइन,’ उनले भने, ‘सम्पदा अभियानकर्मीले पनि बुझेर विरोध गर्नुपर्छ, विरोधका नाममा विरोध गर्नु हुँदैन ।’

पुनर्निर्माणका क्रममा पोखरीको माटो निकालेर आधुनिक निर्माण सामग्री प्रयोग गरी ऐतिहासिक सम्पदाको अस्तित्व विलीन गर्न खोजिएको भन्दै रानीपोखरीमा जस्तै पुरानै शैलीमा निर्माण गर्नुपर्ने सम्पदाप्रेमीले बताउँदै आएका छन् । आधुनिक निर्माण सामग्री प्रयोग नगर्न र पोखरीको अतिक्रमित जमिन फिर्ता ल्याउने विषयमा महानगरलाई पटक–पटक लिखित रूपमा ध्यानाकर्षण गराएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।