image
image

‘सक्किगो नि’मा फर्किए पाँडे

लोकप्रिय हास्य टेलिसिरियल ‘सक्किगो नि’मा कलाकार अर्जुन घिमिरे (पाँडे)लाई दर्शकले नदेखेको लामै समय भयो । पछिल्ला १२ भागमा दर्शकले उनको अभिनय हेर्न पाएनन् । यो बीचमा थुप्रै दर्शकले उनलाई हेर्न चाहेको बताएका थिए । अब, भने दर्शकले टेलिसिरियलमा (पाँडे)लाई हेर्न पाउने भएका छन् ।

बिहीबारको भागदेखि आफू ‘सक्किगो निमा फर्किएको अर्जुनले जानकारी दिए । बुधबार सुटिङमै रहेका उनले अनलाइनखबरसँग भने, लामो समयको अन्तरपछि अभिनयमा फर्किदैछु । केही फरक गरौं भनेर लागिरहेका छौं । अर्जुनकी आमा मस्तिष्क पक्षघातका कारण झण्डै चार महिनादेखि ग्रिनसिटी अस्पतालमा छिन् । उनको अहिलेसम्म होस आएको छैन।

आमा बिरामी भएपछि अर्जुन ‘सक्किगोनि’मा देखिन छाडेका थिए । हिमालय टेलिभिजनमा हरेक बिहीबार राती ९ बजे प्रसारण हुँदै आएको ‘सक्किगो नि’मा कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरेको कथा, पटकथा, संवाद र निर्देशन रहँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।