वैदेशिक लगानी प्रतिबद्धता घट्यो
काठमाडौँ ४ फागुन । विश्व महामारिको रूपमा फैलिएको कोरोना भाईरसका कारण नेपालको अर्थतन्त्रमा ठूलो प्रभाव परेको छ । कोरोना भाईरसकै कारण पछिल्लो समय नेपालमा वैदेशिक लगानी प्रतिबद्धता घट्दै गएको छ।
नेपालमा सबैभन्दा बढी लगानी गर्ने चिनियाँ लगानीकर्ता हुन्। पहिला चीनमै कोरोना भाइरस देखिएकाले नेपालको वैदेशिक लगानीमा प्रत्यक्ष असर परेको छ। त्यस्तै कोरोना भईरसका कारण भएको बन्दा बन्दिको कारण नयाँ लगानी कर्ताले लगानी समेत गर्न पाएका छैनन् ।
चालू आर्थिक वर्ष २०७७/०७८ को ७ महिनामा २५ अर्ब २६ करोड रूपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता आएको छ।विभिन्न देशका लगानीकर्ताले उद्योग विभागमार्फत् १ सय ३१ वटा उद्योगका लागि सो बराबरको वैदेशिक लगानी प्रतिबद्धता जनाएका हुन्। गत आव २०७६/०७७ को सोही अवधिको तुलनामा यो साढे ३ अर्बले घटी हो।
विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसका कारण विदेशी लगानी गत वर्षको तुलनामा केही घटेको विभागका महानिर्देशक जीवलाल भुषालले बताए। गत आवको साउनदेखि माघसम्ममा २८ अर्ब ४१ करोड रूपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको विभागको तथ्याङ्कले देखाएको छ।