प्लास्टिक झोला नियन्त्रण गर्ने सरकारको तयारी
काठमाडौँ। प्लास्टिक झोला नियन्त्रणका लागि सरकारले पुन: रणनीतिक कार्ययोजना बनाउने भएको छ। प्लाष्टिकको झोलाले वातावरणमा प्रदूषण बढाइरहेको भन्दै यसको नियन्त्रणका लागि कार्ययोजना बनाउन लागिएको हो।
लामो समयदेखि नै सरकारले प्लाष्टिक झोला प्रतिबन्ध गर्ने प्रयास गरे पनि कार्यान्वयनमा आउन सकिरहेको देखिंदैन। सर्वसाधरणलाई कुनै पनि वैकल्पिक व्यवस्था नगरी प्लाष्टिकको झोलामा प्रतिबन्ध लगाईएकाले पनि कार्यान्वयनमा आउन नसकेको हो। वन तथा वातावरण मन्त्रालयले प्लाष्टिकको झोला प्रतिबन्ध गर्न पटकपटक प्रयास गरेपनि असफल भएको छ ।
चार वर्षअघि नै प्लाष्टिकको झोला बिक्रीवितरण, आयात तथा प्रयोगमा प्रतिबन्ध लगाउने घोषणा गरिए पनि प्लाष्टिक उत्पादक व्यवसायीको विरोध, वैकल्पिक व्यवस्था नहुनु, समन्वयको अभावका कारण प्लाष्टिकको झोला प्रतिबन्ध कार्यन्वयनमा चुनौती देखिएको हो ।