image
image

नेपालले अमेरिकाविरुद्वको खेलमा पहिले व्याटिङ गर्दै

काठमाडौँ १ असोज । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको तेस्रो खेलमा नेपालले अमेरिकाविरुद्व पहिले व्याटिङ गर्दैछ ।ओमनको अल अमिरात क्रिकेट मैदानमा अमेरिकाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले सुरुवातमा ब्याटिङ गरिरहेको छ । ओपनिङमा आशिफ सेख र कुसल भुर्तेल आएका छन् ।


अमेरिकाविरुद्धको खेलमा नेपालले एक खेलाडी परिवर्तन गरेको छ । बलर बिक्रम शोबको स्थानमा गुलशन झालाई टोलीमा समावेश गरिएको छ । राष्ट्रिय टोलीमा गुलशनको यो डेब्यु समेत हो ।आज अमेरिकालाई पराजित गदै लगातार दोस्रो जित दर्ता गराउने दाउमा नेपाल रहेको छ । यसअघि सोमबार भएको खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले पराजित गरेको थियो । अमेरिका पनि नेपाललाई पराजित गर्दै यसअघिको हारको बदला लिने योजनामा देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।