image
image

सुदूरपश्चिममा १९ प्रतिशतले कोरोनाविरुद्धको खोप लगाए

काठमाडौँ, १, असोज । सुदूरपश्चिम प्रदेशमा १९.०१ प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।  गत माघयता थालिएको खोप अभियानअन्तर्गत कोरोनाविरुद्धको लडाइँमा अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीदेखि विभिन्न लक्षित समूह गरी यहाँ चार लाख ७५ हजार ४१२ जनाले कोरोनाविरुद्धको खोप लगाएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । झण्डै २५ लाख जनसङ्ख्या रहेको सुदूरपश्चिमका नौवटै जिल्लामा कोरोनाविरुद्धको पूर्ण खोप (दुवै मात्रा) लगाउने काम सकिएको छ ।

पहिलो मात्रा लगाउनका लागि केन्द्रबाट खोप आएपछि सुरु हुन्छ, निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले भने, “अहिले तत्काल खोप अभियान चलायमान छैन । सुदूरपश्चिममा सबैभन्दा बढी कैलालीमा एक लाख ७५ हजार ४२८ ले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यसैगरी कञ्चनपुरमा ९३ हजार ५४९, अछाममा ४२ हजार ५३४ ले कोरोनाविरुद्धको खोप लगाएको निर्देशनालयको तथ्याङ्कले देखाएको छ ।

त्यसैगरी बैतडीमा ४१ हजार ६८८, डोटीमा ३६ हजार ४९४, दार्चुलामा २६ हजार ४७४, बझाङमा २५ हजार ७९१ ले खोप लगाएका छन् भने डडेल्धुरामा २१ हजार ४३६ र बाजुरामा १२ हजार १८ लाई कोरोनाविरुद्धको खोप लगाइएको कोभिड–१९ सम्पर्क व्यक्ति जोशीले जानकारी दिए । यहाँ कोभिसिल्ड, भेरोसेल, जोन्सन एण्ड जोन्सनलगायतका खोप लगाइएका थिए । पहिलो चरणमा खोप अभियान सञ्चालन गर्दा यहाँ स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जनप्रतिनिधिलगायत गरी ३८ हजार ३०२ ले खोप लगाएको निर्देशनालयले जनाएको छ ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।