image
image

फ्रान्सद्वारा ६६ लाख ७२ हजार बराबरको स्वास्थ्य उपकरण सहयोग

काठमाडौँ, ३१, भदौ । फ्रान्स सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमण महामारी विरुद्ध नेपाललाई थप स्वास्थ्य सामाग्री सहयोग गरेको छ। फ्रान्सले अक्सिजन प्लान्टका निम्ति आवश्यक पर्ने अतिरक्त सामाग्री र उपकरण प्रदान गरेको हो।

फ्रान्सेली कम्पनी नोभेरले उत्पादन गरेका अक्सिजन प्लान्टमा प्रयोग हुने अतिरिक्त पार्टपुर्जा नेपालका लागि फ्रान्सका राजदूत फस्वाँ जेभिए लेजेले विभिन्न आठ अस्पतालका प्रतिनिधिलाई आज हस्तान्तरण गरेका हुन्।

नेपालगंज शिक्षण अस्पताल, सुर्खेत प्रादेशिक अस्पताल, फेवा सिटी हस्पिटल र फिसटेल हस्पिटल, ओखलढुङ्गा सामुदायिक अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल, डडेलधुरा प्रादेशिक अस्पताल र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई ६६ लाख ७२ हजार बराबरका सामाग्री प्रदान गरिएको फ्रान्सेली राजदूतावासले जनाएको छ।

यसअघि फ्रान्सले भेन्टिलेटरसहित सात टन स्वास्थ्य सामग्री नेपाललाई सहयोग गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।