image
image

त्रिकोणात्मक सिरिजको पहिलो खेल खेल्दै नेपाल

काठमाडौँ, २८, भदौ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणत्मक सिरिजको पहिलो खेल नेपाल खेल्ने भएको छ । नेपाल, ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक एकदिवसीय सिरिज आज शुरू हुँदैछ । प्रतियोगितामा आज नेपालले अमेरिकाको सामना गर्दैछ । ओमानको अल अमिरात क्रिकेट मैदानमा हुने खेल अपराह्न ४:१५ बजे हुनेछ ।

कप्तान ज्ञानेन्द्र मल्लले अमेरिकाविरुद्धको खेल कठिन हुने बताएका छन् । सिरिजको दोस्रो स्थानमा रहेको अमेरिकामा चार खेलाडी परिवर्तन गरिएकाले उनीहरुको ट्याक्टिस बुझ्न जरूरी रहेको कप्तान मल्लले बताएका छन् ।

लिग–२ अन्तर्गत यसअघि त्रिवि क्रिकेट मैदानमा भएको खेलमा अमेरिकालाई दुबै खेलमा हराएकाले नेपाल हाबी हुने अनुमान गरिएको छ । सन् २०२० को फेब्रुअरी १२ मा त्रिवि क्रिकेट मैदानमा नेपालले अमेरिकासँग पछिल्लो पटक प्रतिस्पर्धा गरेको थियो। त्यस खेलमा नेपालले अमेरिकालाई ८ विकेटले हराएको थियो।

त्यसअघि फेब्रुअरी ८ को खेलमा नेपालले अमेरिकालाई ३५ रनले हराएको थियो । यद्यपि ओमानको मैदान फरक भएकाले विगतकै नतिजा दोहोर्‍याउन नेपाललाई कठिन छ ।

सोही सिरिजमा नेपाल ओमानसँगको दुबै खेलमा पराजित भएको थियो। ओमानसँग नेपाल पहिलो खेलमा १८ रन र दोस्रो खेलमा ८ विकेटले पराजित भएको थियो।

नेपालले दोस्रो खेलमा भोलि मंगलबार ओमानसँग खेल्नेछ । तेस्रो खेल अमेरिकासँग शुक्रबार हुनेछ भने अन्तिम खेल ओमानसँग आइतबार हुनेछ ।

लिग–२ मा नेपालले अहिलेसम्म चार खेल खेलेको छ । त्यसमा नेपालले दुई खेलमा जित तथा दुई खेलमा हार व्यहोरेको छ । नेपाल चार अङ्क जोड्दै छैटौँ स्थानमा छ । त्यसैगरी १० खेल खेलेको ओमान १६ अङ्कका साथ लिगको शीर्ष स्थानमा छ । १२ खेलमा १२ अङ्क बटुलेको अमेरिका दोस्रो स्थानमा छ ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।