निपा भाइरसको महामारी नियन्त्रणका लागि तयारी अवस्थामा रहन मन्त्रालयको निर्देशन
काठमाडौँ, २५, भदौ । भारतको केरलमा देखिएको निपा भाइरसको नेपालमा पनि जोखिम रहेको जनाउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका स्वास्थ्य संस्थालाई ‘अलर्ट’ रहन निर्देशन दिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले देशभरका स्वास्थ्य संस्थालाई परिपत्र गरेर निपा भाइरसको महामारी नियन्त्रणका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको हो।
महाशाखाले २४ भदौमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, सातै प्रदेशका प्रदेश स्वास्थ्य आपत्कालीन केन्द्र, स्वास्थ्य आपत्कालीन सञ्चालन केन्द्र र सातै प्रदेशका प्रदेश स्वास्थ्य निर्देशनालयलाई बोधार्थ पठाएको पत्रमा नेपालमा पनि निपा भाइरसको जोखिम रहेको औंल्याइएको छ।महाशाखाले सम्बन्धित निकायसँगको बैठकपछि सतर्कता अपनाउन देशभरका अस्पताललाई निर्देशन दिएको हो। निर्देशनमा कुनै बिरामीको तीव्र रूपमा स्वास्थ्य अवस्था बिग्रिएमा वा मृत्यु भएका तत्काल ‘अर्ली वार्निङ एन्ड रिपोर्टिङ सिस्टम ईवाईआरएस)’ मार्फत जानकारी दिन भनिएको छ।
महाशाखाले देशभरका अस्पताललाई भनेको छ, “रोगको यकिन निदान नहुँदै वा तीव्र रूपमा बिरामीको स्वास्थ्य अवस्था बिग्रंदै गएका वा मृत्यु भएका बिरामीहरूको समयमै अनुसन्धान गरी सम्भावित महामारी न्यूनीकरण गर्ने प्रबन्ध ईवाईएआरएस रिपोर्टिङ मार्फत गर्नुहुन सबै ईवाईएआरएस सेन्टिनेल साइट÷अस्पतालहरूलाई सूचना गर्ने।
यससँगै जिल्लाबाट बिरामीको नमूना तत्काल केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला पठाउन पनि महाशाखाले अनुरोध गरेको छ। “बिरामीहरूको विस्तृत विवरण लिई प्रयोगशालाको समन्वयमा नमूना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा यथाशीघ्र पठाउने व्यवस्था मिलाउन हुन अनुरोध छ,” महाशाखाले परिपत्रमा भनेको छ।
अहिले भारतको केरलमा निपा भाइरसको संक्रमण देखिएको छ। निपा भाइरसबाट एक जना १२ वर्षीय बालकको मृत्यु भएको पुष्टि भएको छ। केरल सरकारले नै निपाबाट बालकको मृत्यु भएको सार्वजनिक गरेको हो।निपा भाइरस सबैभन्दा पहिले सन् १९९० मा मलेसियामा देखिएको थियो। यो सुँगुरबाट मान्छेमा सरेको थियो। त्यसपछि मान्छेबाट मान्छेमा सर्ने गरेको पाइएको छ।
यसको अहिलेसम्म खोप बनेको छैन। यसको उपचार पनि बिरामीलाई सहज पार्न सहयोग गर्ने मात्रै हुन्छ। विश्व स्वास्थ्य संगठनका अनुसार, यसको मृत्युदर ४० देखि ७५ प्रतिशतसम्म रहेको छ।