image
image

दुई वर्षका बालबालिकालाई दिन थालियो कोरोनाविरुद्धको खोप

काठमाडौँ, २५, भदौ । क्यूबाको सरकारले दुई वर्षका बालबालिकालाई पनि कोभिड–१९ विरुद्धको खोप दिन थालेको त्यहाँको सरकारी मिडियाले जानकारी दिएको छ । बालबालिकालाई स्कूल पठाउन लागि खोप अभियान सुरु गरिएको जानकारीमा उल्लेख छ ।

संसारका अन्य देशले बालबालिकालाई अन्त्यमा मात्रै खोप प्रदान गर्ने बताइरहँदा क्यूबा भने बालबालिकालाई कोभिडविरुद्धको खोप दिने पहिलो देश बनेको छ ।

क्यूबाले आफ्नो देशमा उत्पादित खोप बालबालिकाका लागि सुरक्षित भएको सेप्टेम्बरमा बताएको थियो ।महामारीका अवधिभर क्यूबामा भौतिक उपस्थितिमा कक्षा सञ्चानल भएनन् । स्कूल जानुको साटो बालबालिकाले घरभित्रै बसेर प्रत्येक दिन टिभीमा शैक्षिक कार्यक्रमहरु हेरे । यहाँ इन्टरनेटको पहुँच सबैमा सहज छैन ।

क्यूबाले औषधीका लागि अन्य देशमा भर पर्नुको साटो आफ्नै देशभित्र खोप विकसित गर्ने कुरामा जोड दियो । स्थानीय वैज्ञानिकले क्यूबामा बनेको खोप सुरक्षित र प्रभावकारी भएको बताउँदै आएका छन् । यद्यपि, यस विषयमा अन्य अनुसन्धाताका लागि कमै डाटा उपलब्ध छ । आफ्नो देशमा उत्पादित खोपका लागि त्यहाँको सरकारले डब्ल्यूएचओको स्विकृतीको प्रयास गर्ने पनि बताएको छ ।

क्यूबाको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म त्यहाँका ४० लाख जनतालाई पूर्ण खोप प्रदान गरिसकिएको छ । सरकारले हालसम्म कतिजना बालबालिकालाई खोप प्रदान गर्यो भन्ने जानकारी त दिएन तर सियनफ्युगस प्रान्तमा बालबालिकाका लागि खोप अभियान यसै हप्तादेखि सुरु भएको बताइएको छ ।

कूल १ करोड १३ लाख जनसंख्या भएको क्यूबाले नोभेम्बरको मध्यसम्म आफ्ना अन्तरराष्ट्रिय सीमा खोल्नुअघि ९० प्रतिशतलाई पूर्ण खोप प्रदान गरिसक्ने लक्ष्य राखेको छ ।

सुरुमा सरकारले स्वास्थ्यकर्मी, ज्येष्ठ नागरिक र अति प्रभावित इलाकामा खोप अभियान चलाउने बताएपनि डेल्टा भेरियन्टले बालबालिकालाई पनि संक्रमित गराउन सक्ने आँकलनबीच बालबालिकालाई पनि खोप प्रदान गर्न आफूहरुले प्राथमिकता दिने सरकारले बताएको छ ।

‘कोभिड–१९ को संक्रमण बालबालिकामा पनि वृद्धि भइरहेको अवस्थामा हामीले हाम्रा बालबालिका र किशोरलाई जोगाइरहेका छौं,’ क्यूबाका मुख्य बालरोग विशेषज्ञ डा। फ्रान्सिस्को डुरान ग्रासियाले भने ।

हालसम्म क्यूबामा कोरोनाभाइरसका कारण ६,०५६ को मृत्यु भएको छ तर अधिकारीले यो आँकडा धेरै नै हुनसक्ने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।