केरुङ नाकामा आयात निर्यात सहज बनाउन नेपाली काँग्रेसले माग
काठमाडौँ । केरुङ नाकामा आयात निर्यात सहज बनाउन सरकारले तत्काल पहल गर्नुपर्ने नेपाली काँग्रेसले माग गरेको छ ।
सहज रुपमा नाका सञ्चालन नहुँदा नेपाली नागरिक तथा व्यवसायी मारमा परेको भन्दै चिनियाँ पक्षसँग यथाशीघ्र संवाद गरेर आयात निर्यात सहज तुल्याउन सरकारले तत्काल पहल गर्नुपर्ने माग गरेको हो ।
आइतवार नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रेस विज्ञप्तिमार्फत यस्तो माग गरेका हुन् । गत वर्ष माघ १५ देखि असार २७ सम्म पूर्ण रुपले बन्द भएको सामान ढुवानी त्यसपछि आंशिक खुला गरिएको तर दैनिक ५ कन्टेनरले मात्र प्रवेश पाउँदा १५ सय बढी कन्टेनर सीमामा अलपत्र स्थितिमा रहेको काँग्रेसले जनाएको छ ।
यसबाट एकातर्फ नेपाली व्यवसायीहरु मर्कामा परेका छन् भने अर्कातर्फ राज्यकै राजस्व संकलनमा पनि असर पुगेको काँग्रेसको भनाइ छ ।