image
image

काठमाडौँका ४० प्रतिशतले लगाए कोरोनाविरुद्धको पुर्ण खोप

काठमाडौँ, २०, भदौ । काठमाडौँमा ४० प्रतिशतले मानिसले कोरोना भाइरस संक्रमण महामारी विरुद्धको पूर्ण खोप लगाइसकेका छन् । स्वास्थ्य कार्यालय काठामाडौँका प्रमुख बद्रीबहादुर खड्काले शुक्रबारसम्म पहिलो मात्रा खोप लगाउने ४८ प्रतिशत पुगेको जानकारी दिँदै पूर्ण खोप लगाउने जनसङ्ख्या ४० प्रतिशत पुगेको बताए ।

उनका अनुसार काठामाडौँमा पूर्ण खोप लगाउनेको जनसङ्ख्या शुक्रबार बेलुकासम्म नौ लाख १४ हजार ४८५ जना पुगेको छ भने पहिलो मात्रा लगाउनेको जनसङ्ख्या ११ लाख सात हजार ९८० जना रहेको छ । 

उनले शङ्करापुर नगरपालिका र दक्षिणकालीमा पहिलो डोज शतप्रतिशत खोप दिन सकेको बताउँदै शङ्करापुर र दक्षिणकाली नगरपालिकामा १८ वर्षमाथिका सबै नागरिकले पहिलो डोज खोप लगाइसकेको जानकारी दिए ।  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।