image
image

कोरोनाको कहरः नियमित खोप प्रभावित

काठमाडौँ  १६ भदौ । कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिमका कारण बालबालिकालाई नियमित लगाउनुपर्ने खोप प्रभावित भएको छ । स्वास्थ्यसेवा विभागले नियमित खोप सञ्चालन गरेपनि अभिभावकले कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिमका कारण बालबालिकालाई खोप केन्द्रसम्म नलैजाँदा खोप कार्यक्रम प्रभावित भएको हो ।


स्वास्थ्य तथा जनङ्ख्या मन्त्रालयले खोप लगाउन छुटेका बालबालिकालाई खोप लगाउन अभिभावकलाई आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोरोना महामारीका बेला खोप लगाउन छुटेका बालबालिकालाई नियमति खोप कार्यक्रममा सहभागी गराउन सम्बन्धीत सबै पक्षसंग आग्रह गरे ।

स्वास्थ्य सेवा विभागको परिवार कल्याणअन्तर्गत खोप तथा बालस्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत वसन्त श्रेष्ठले ७० प्रतिशत बालबालिकाले मात्र नियमित खोप लगाएको जानकारी दिए । उनले सबै मानिस कोभिड–१९ विरुद्धको खोपमा केन्द्रीत हुँदा खोप लगाउन छुटेको बताए ।

उनले भने, “कोरोना भाइरस सङ्क्रमणका समयमा हामीले नियमित खोप सञ्चालन गर्दा पनि अभिभावकले आफ्ना बालबालिकालाई खोप लगाउन ल्याएनन् ।” उनका अनुसार सामन्य अवस्थामा पनि ९० प्रतिशत बालबालिकाले मात्र नियमित खोप लगाउने गरेका छन् ।

शाखाका जनस्वास्थ्य अधिकृत श्रेष्ठले खोपले बाल मृत्युदरबाट जोगाउनका लागि ठूलो भूमिका खेल्ने भएकाले बालबालिकालाई खोप लगाउन आग्रह गरे । मन्त्रालयले कोरोना महामारीको समयमा सञ्चालन हुने नियमित खोप अभियानमा आफ्ना बालबालिकालाई खोप नछुटाउन सबैमा आग्रह गरेको छ ।

विभागले जन्मदेखि ५ वर्षसम्मका बालबालिकालाई विभिन्न सङ्क्रामक रोगविरुद्ध, बाल मृत्युदर कम गर्न र कुषोषणबाट बच्नका लागि विभिन्न १२ प्रकारका खोप लगाउँदै आएको छ । विसं २०३४ बाट बिसिजी, डिपिटीलगायत सुरु गरिएको खोपको नियमित अभियानअन्तर्गत अहिलेसम्म बालबालिकालाई विभिन्न १२ प्रकारका खोप दिँदै आइरहेको छ । विसं २०४५ मा बिसिजी र डिपिटी खोप सबै जिल्लामा लागू गरिएको थियो । विसं २०६० मा पुनः छ प्रकारका खोप होपाटाइटिस–बी, निमोनिया, जापानिज इन्सेफ्लाइटिसलगायतका दिन थालिएको हो ।

जन्मिने वित्तिकै बिसिजी खोप, छ हप्ताभित्रमा रोटा, पोलियो, एफआइपिभि, पिसिभि, डिपिटी, हेप बी–हिब, नौ महिनामा पिसिभि, दादुरा–रूबेला, १२ महिनामा जापानिज इन्सेफ्लाइटिस र १५ महिनामा दादुरा–रूबेला खोप लगाउने गरिन्छ ।

यस्तै जन्मेको एक महिनाभित्र सरकारले पेन्टाभ्यालेन्स (बिसिजी, हेपाटाइसिट–बी, लहरेखोकी, भ्यागुते रोग र इन्फुन्जा) रोग विरुद्धको खोप दिने गर्दछ । सन् २०१६ को राष्ट्रिय जनसाङ्ख्कि स्वास्थ्य तथ्याङक अनुसार एक वर्षमुनिका बाल मृत्युदर ३२ प्रतिशत र पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर ३९ प्रतिशत रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।