image
image

नेपाल र भारतबीचको खेलमा दर्शकलाई पनि अनुमति दिइयो

काठमाडौँ १६ भदौ । भोलि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेल्दैछन् । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुने खेलमा दर्शकहरु समेत उपस्थित हुन पाउने भएका हुन् । आज पत्रकार सम्मेलन गर्दै एन्फाले दर्शकको उपस्थितिमा भोलि खेल हुने जानकारी दिएको हो ।


खेलमा कोरोनाको कारण दर्शकलाई उपस्थित हुन दिने अथवा नदिने भन्ने विषयमा अन्योल रहेको थियो । कोरोना भाइरसविरुद्धको खोप लगाएका वा संक्रमण नभएको पिसिआर रिपोर्ट भएका ५१ सय दर्शकले टिकट बुकिङ गरीसकेको जनाइएको छ ।

नेपालले भारतसँग बिहीबार र आइतबार दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै छ । सिसिएमसी र काठमाडौँ जिल्ला प्रशासनले स्वीकृति दिएसँगै दर्शक उपस्थिति हुन पाउने भएका हुन् ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।