image
image

चीनको तीन–डोज खोप डेल्टा भेरियन्टबिरुद्ध प्रभावकारी भएको दाबी

काठमाडौँ १२ भदै । चीनमा प्रयोग भइरहेको एउटा कोरोनाभाइरस विरुद्धको खोप क्लिनिकल परीक्षणमा ८२ प्रतिशत प्रभावकारी रहेको पाइएको कम्पनीले दाबी गरेको छ । चोङकिङ झिफेइ बायोलिजकल प्रोडक्टले निर्माण गरेको खोप प्रारम्भिक परीक्षणमा निकै सङ्क्रामक मानिएको डेल्टा भेरियन्टविरुद्ध पनि ७८ प्रतिशतसम्म प्रभावकारी पाइएको पनि बताइएको छ ।


कम्पनीले बुझाएको यो पहिलो तथ्यांक हो तर यसमा विस्तृत पीयर रिभ्यू तथ्यांक भने उपलब्ध छैन । यसलाई तीन डोजमा दिइने जीएफ२००१ नाम दिइएको यो खोपलाई बजारमा लैजानका लागि अनुमति प्रदान गर्ने पहिलो कदमको रुपमा हेरिएको छ । यसलाई गत मार्चमा चीनमा आपत्कालीन प्रयोगका लागि अनुमति दिइएको थियो । यसको प्रयोग उज्बेकिस्तानमा पनि भइरहेको छ ।


पछिल्लो चरणको तथ्यांक २८ हजार ५०० जनामा गरिएको तेस्रो चरणको परीक्षणको मूल्याङ्कनको आधारमा प्रस्तुत गरिएको हो । यो परीक्षण उज्बेकिस्तान, पाकिस्तान, इन्डोनेसिया, इक्वेडोर र चीनको हुनान प्रान्तमा गरिएको कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।