image
image

 फाइबर इन्टरनेट प्रयोगकर्ता बढे

काठमाडौं १ फागुन । प्रविधीको विकास सँगै नेपालमा पनि इन्टरनेट प्रयोगकर्ताको संख्या पनि बढ्दो छ । कोरोना भईरसका कारण भएको बन्दा बन्दमा विभिन्न प्रयोगात्मक प्रणालीमा कामहरु शुरु भएकाले पनि इन्टरनेट प्रोयोग्कर्ताको संख्या बढेको हो । त्यस्तै नेपालमा फाइबर इन्टरनेट प्रयोगकर्ताको संख्या १० लाख ६८ हजार पुगेको बताएको छ । 

 इन्टरनेट सेवा प्रदायक आक्रामक रुपमा फाइबर इन्टरनेट विस्तार गर्दा प्रयोगकर्ता थपिने क्रम बढ्दै गएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।वायरलेस र केबल इन्टरनेटभन्दा फाइबर इन्टरनेटको गुणस्तर राम्रो हुने भएकाले पछिल्लो समय प्रयोगकर्ता फाइबर इन्टरनेट तर्फ आकर्षित भइरहेका छन् ।

प्राधिकरणका मंसिरसम्मको एमआइएस प्रतिवेदनअनुसार एक महिनाको अवधिमा ३६ हजार आठ सय ७८ फाइबर इन्टरनेट ग्राहक थपिएका हुन् कात्तिकमा फाइबर इन्टरनेट प्रयोगकर्ताको संख्या १० लाख ३१ हजार तीन सय ५७ थियो । मंसिरमा यो संख्या बढेर १० लाख ६८ हजार दुई सय ३५ पुगेको प्राधिकरणले जनाएको छ । 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।