इंग्ल्यान्डका एलेक्सले ललितपुरबाट ईपीएल खेल्ने
काठमाडौँ ९ भदौ । इंग्ल्यान्डका क्रिकेटर एलेक्स ब्लाकेले ललितपुरबाट चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट खेल्ने भएका छन् । ललितपुरले बुधबार एक विज्ञप्ती निकाल्दै इंग्ल्याण्डका देब्रो हाते ब्याट्सम्यान एलेक्स ललितपुरमा अनुबन्ध भएको जानकारी दिएको हो । एलेक्सले टी २० मा १४० खेल खेलेका छन् ।
चौंथो संस्करणको ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ ।प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् ।प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र नेपाल क्रिकेट संघ (क्यान) ले मान्यता दिईसकेको छ ।
साविक विजेता ललितपुर प्याट्रीयट्ससंगै भैरहवा ग्ल्याडियटर्स, काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स र विराटनगर वारिवर्सले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन् ।