image
image

अफगानिस्तानका महिला खेलाडीहरुको उद्धार गर्न फिफाको आग्रह

काठमाडौँ  ६ भदौ । फिफाले अफगानिस्तानका महिला खेलाडीहरुको उद्धार गर्न विभिन्न देशका सरकारहरुसँग आग्रह गरेको छ । तालिवानले अफगानिस्तानको राजधानी काबुलमा कब्जा गरेपछि खेलाडीहरु ज्यानको सुरक्षालाई लिएर डराइरहेका छन् । अफगानिस्तान महिला फुटबल टोलीकी पूर्वकप्तान खालिदा पोपलले खेलाडीहरुको सुरक्षाको लागि केहिदिन अघिदेखि नै आग्रह गरेकी थिइन् । उनले भनेकी छिन्, ‘म राम्रोसँग निदाउन सकिरहेको छैन, रोइरहेको छु र एकदमै असहाय महशुस गरिररहेको छु ।’


खेलाडीहरुको संगठन फिप्रोले पनि खेलाडीहरुलाई सहयोग गर्न आग्रह गरिरहेको छ । युनियनले खेलाडीहरुको उद्धारका लागि काम गरिरहेको र धेरै मानिसहरुको सुरक्षामा ल्याउने जनाएको छ । फिफाले अफगानिस्ताको स्थिती अस्थिर र चिन्ताजनक रहेको बताउदै त्यहाँका महिला खेलाडीहरुको उद्धार गर्न आग्रह गरेको हो । फिफाका प्रवक्ताका अनुसार उनीहरुले अफगानिस्तान फुटबल संघ र अन्य सरोकारवालासँग छलफल गरिरहेको र खेलाडीहरुको बारेमा जानकारी लिइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।