image
image

कोरोनाविरुद्धको स्पुतनिक भी भ्याक्सिनको नयाँ संस्करण तयार

काठमाडौँ  ६ भदौ । रुसी कोरोना खोप निर्माता कम्पनी ग्यामलेया सेन्टरले स्पुतनिक भीको नयाँ संस्करण तयार गरेको छ । भ्याक्सिनले नयाँ भेरिएन्टको कोरोनालाई परास्त पार्ने क्षमता रखेको कम्पनीले जनाएको छ । उक्त भ्याक्सिनलाई तत्कालै कुनै किसिमको अपडेट गर्न नपर्ने समेत कम्पनीले जनाएको छ ।


कम्पनीको निर्देशक एलेकजेन्डर गिंन्टवर्गको भनाईलाई उदृत गर्दै सञ्चारमाध्यम तासले लेखेको छ, ‘हामीले स्पुटनीक भीको नयाँ संरचना तयार पारेका छौँ । रुसी रेगुलेटरले भ्याक्सिन चेन्ज गर्न आदेश दिएपछि हामीले नयाँ संरचना बुझाउने छौँ । यसले कोरोनाबाट उत्पन्न भएको सबै प्रजातीलाई परास्त गर्ने क्षमता राखेको छ ।’

रुसी खोप निर्माता कम्पनीले तयार पारेको स्पुतनिक भीलाई रुसी स्वास्थ्य मन्त्रालयले कोरोनाविरुद्ध प्रयोग गर्ने अनुमति गत वर्षको अगस्त महिनामा दिएको थियो । स्पुतनिक भी कोरोनाविरुद्ध प्रयोग हुने पहिलो खोप रहेको छ । यसलाई ६९ देशले प्रयोग गर्न मान्यता दिइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।