महिला हिंसाविरुद्ध बृहत् नागरिक आन्दोलन, निकालियो प्रतिकात्मक शव यात्रा
काठमाडौँ ३० माघ । हाल काठमाडौँमा दिनदिनै सडकमा र्याली तथा प्रदर्शन भइराखेको छ । कहिले विभिन्न पार्टी का समर्थकका र्याली त कहिले विभिन्न माग गर्दै सर्वसाधारणको र्याली भइरहेका छन् । त्यसतै आज महिलामाथि हुने हिंसा र विदेभविरुद्ध बृहत् नागरिक आन्दोलनले प्रतिकात्मक शव जुलुस निकालेको छ । प्रतिकात्मक शव र मलामीसहित वसन्तपुरदेखि सिंहदरबार मूलगेटसम्म महिला मार्चपास सुरु भएको हो ।
वसन्तपुरदेखि सिंहदरबार मूलगेट हुँदै जुलुस भद्रकाली आइपुगेको छ । जुलुसमा 'बलात्कारी खुलेआम, बलात्कृत गुमनाम', 'बलात्कारीलाई कारबाही गर' लगायत नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरिएको छ ।

पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि सो कदम प्रतिगामी भन्दै विरोधका कार्यक्रम गरिरहेको छ ।