फागुन २३ देखि ५५ वर्षमाथिका नागरिकलाई कोरोना खोप दिने तयारी
काठमाडौँ ३० माघ । भारत बाट आनुदान स्वरूप ल्याइएको कोरोना खोप १४ माघदेखि सुरु भएको थियो । पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी लगायत फ्रन्टलाइनरलाई खोप लगाउने काम भएको हो । अब फागुन २३ देखि ५५ वर्षमाथिका नागरिकलाई कोरोना खोप दिने तयारी भएको बताइएको छ ।
जनस्वास्थ्य विज्ञहरुले खोप पाउनु हरेक नागरिकको अधिकार भएपनि प्राथमिकतामा जेष्ठ नागरिक र दीर्घरोगी पर्नुपर्ने बताउँदै आएका छन् । सो कुरालाई मध्ये नजर गर्दै सरकारले फाल्गुन २३ देखि ५५ वर्ष माथिकालाई खोप दिने भएको हो । अब थप खोप आउन निश्चित जस्तै भएको भन्दै समुदायमा जाने योजना बनाइएको हो ।
स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाका प्रमुख डा. भीम सिंह तिंकरीका अनुसार खोप खरिद प्रक्रिया अन्तिम चरणमा पुगको छ । मन्त्रालयका स्रोत अनुसार भारतको सेरम इन्स्टिच्युटको कोभिसिल्ड खोप केही खरिद गरेर र केही अनुदानमा आउन लागेको छ । पहिलो चरणमा २० लाख डोज खोप ल्याउन कम्पनीका प्रतिनिधिसँग कुराकानी भइरहेको बताएका छन् ।