धरहराको पुनर्निर्माण अन्तिम चरणमा, अन्डरग्राउन्डमा ११ सय सवारीसाधन पार्किङ गर्न सकिने
काठमाडौं ३० माघ ।गत २०७२ साल वैशाख १२ गते गएको महा-भूकम्पबाट क्षतिग्रस्त धरहरा पुनर्निर्माणको कार्य आन्तिम चरणमा पुगेको छ।कोभिड १९ को कारण पुनर्निर्माण कार्यमा केही असहज पारे पनि हालसम्म भएको प्रगति सन्तोषजनक रहेको बताईएको छ । धरहरा परिसरको भूमिगत पार्किङस्थलमा चार सयवटा चारपाङ्ग्रे र सात सयवटा मोटरसाइकल अट्ने पार्किङ गर्न सकिने गरि निर्माण भईरहेको बताएका छन् ।
प्रधानमन्त्रीले पुनर्निर्माणको अन्तिम चरणमा रहेको धरहरा क्षेत्रको निरीक्षण गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा र सिंहदरबारको पुनर्निर्माण तत्काल पूरा गर्न सम्बद्ध निकायहरुलाई निर्देशन दिएका छन् । उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित धराहरा पुगेको उनले धरहरासहित सुन्धाराको संरक्षण तथा मुद्रा संग्रहालयका निर्माण प्रगतिहरुको अद्यावधिक जानकारी लिँदै आगामी कार्यका बारेमा जिज्ञासा राखेका थिए ।
त्यस्तै पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निर्माणाधिन धरहराका दुई भूमिगत तलामा पार्किङ रहने, त्यहीँबाट १०/१० जना अट्ने क्षमताको लिफ्ट रहने तथा १८औं तलामा घरहरासम्बन्धी डिजिटल प्रस्तुतीकरण कक्ष रहने प्रधानमन्त्रीलाई जानकारी दिएका थिए । हाल २१औं तलाको ढलान सकिएपश्चात् २२औं तला समेतको कार्य गरी त्यहाँ पहिले रहेको महादेवको प्रतिमा पुनस्र्थापना तथा गजुर जडानको कार्य गरिने उनको भनाइ थियो ।