नेकपा नेता झलनाथ खनाल दिल्ली प्रस्थान
काठमाडौँ ३० माघ । आज नेकपा (दाहाल-नेपाल) समूहका वरिष्ठ नेता झलनाथ खनाल दिल्ली प्रस्थान गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनाल स्वास्थ्य जाँच गर्न शुक्रबार बिहान एयर इण्डियाको जहाजमार्फत दिल्ली प्रस्थान गरेका हुन् ।
नेकपा दाहाल-नेपाल समूहका विदेश विभाग उपप्रमुख विष्णु रिजालकाअनुसार उनी नियमित स्वास्थ्य जाँचका लागि दिल्ली गएका हुन् । दिल्लीमा कुनै राजनीतिक भेटवार्ताको कार्यक्रम भने नरहेको रिजालले बताए ।उनका अनुसार नेता खनाल चार दिन दिल्लीमा रहने छन् । खनाल पछिल्ला केही वर्ष यता नियमित स्वास्थ्य जाँचका लागि दिल्ली जाने गरेका छन् ।
शरीर काँप्ने रोगको उपचारका लागि खनाल पहिला चीन जान चाहेका थिए । तर चीनमा १४ दिन क्वारेन्टाइनमा बस्नैपर्ने बाध्यताका कारण उनी दिल्ली गएका हुन् । उनले अपोलो अस्पतालमा उपचार गराउनेछन् ।