image
image

संक्रमित बढेसंगै टेकु अस्पतालमा पनि बढ्यो विरामीको चाप 

काठमाडौँ २ भदौ । राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि कोरोना संक्रमित बिरामीको संख्या बढ्न थालेको छ । इमर्जेन्सीमा आउने अधिकांश बिरामी आईसीयूमा भर्ना गर्नुपर्ने अवस्थाका रहेको अस्पतालका निर्देशक डा.अनुप बास्तोला बताउँछन् ।


संक्रमणका कारण निमोनिया भइ फोक्सोमा दागैदाग भएपछि  अस्पतालमा बिरामी आइपुग्ने गरेको उनले सुनाए । ‘स्वास्थ्य अवस्था जटिल भएपछि पिसिआर, एन्टिजेन परीक्षण नगरिकन सिधै अस्पताल आउने गर्नुहुन्छ,’ उनले भने, ‘श्वासप्रश्वास समस्या भई स्वास्थ्य अवस्था जटिल भएर आउनेलाई पिसिआर, एन्टिजेन परीक्षण गर्दा कोरोना पोजेटिभ नै देखिन्छ । त्यस्ता मानिसलाई बचाउन गाह्रो हुन्छ ।’


कोभिडका कारण अन्तिम अवस्थामा पुगेपछि उपचारका लागि अस्पताल आउने केही बिरामीलाई चाहेर पनि बचाउन नसकिएको उनले सुनाए ।



कोरोना महामारीको सुरुवाती समयदेखि नै सरकारले कोभिड अस्पतालका रुपमा घोषणा गरेको उक्त अस्पतालमा कोरोना संक्रमण घटेर अन्य अस्पतालको बेड खाली हुँदा पनि टेकु अस्पतालमा कोभिड संक्रमित बिरामी उपचारका लागि पुग्ने गर्छन् । सरुवा रोग अस्पतालमा कोभिड बिरामीका लागि करिब १०० बेड रहेको डा. बास्तोलाले सुनाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।