सकियो कोशी करिडोर २२० केभी प्रसारण लाइनको निर्माण
काठमाडौँ ३२ साउन । पूर्वाञ्चल क्षेत्रमा निर्माण भएका जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रणालीमा जोड्नका लागि महत्वपूर्ण मानिएको कोशी करिडोर प्रसारण लाइनको पहिलो खण्ड निर्माण सम्पन्न गरिएको छ ।
कूल २२० केभी प्रसारण लाइन आयोजनाको पहिलो खण्ड निर्माण सम्पन्न भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । सुनसरीको इनरुवाबाट सङ्खुवासभाको तुम्लिङटारसम्मको कूल १०६ किलोमिटर २२० केभी डबल सर्किट क्षमताको प्रसारण लाइनको निर्माण सम्पन्न भएपछि कोशी बेसिनमा निर्माण भएका जलविद्युत् आयोजनाले उत्पादन गर्ने बिजुली राष्ट्रिय प्रणालीमा जोड्न सकिने भएको हो ।
सो प्रसारण लाइनमा कूल ३२६ टावर निर्माण सम्पन्न भएको छ । प्रसारण लाइनको निर्माण सम्पन्न भएपछि अरुण र तमोर नदी जलाधार क्षेत्रमा निर्माण भएका आयोजनालाई राहत मिलेको छ । सो जलाधार क्षेत्रका झण्डै दुई हजार मेगावाट क्षमताका जलविद्युत् आयोजनाको बिजुली सहजरुपमा प्रवाहका लागिसमेत पूर्वाधार तयार भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । सो प्रसारण लाइन मङ्गलदेखि ३३ केभीमा सञ्चालन गरिनेछ ।