बागमती प्रदेशसभाको बैठक आह्वान
काठमाडौँ ३१ साउन । बागमती प्रदेश सभा बैठक आगामी भदौ १ गते बस्ने भएको छ । लामो समयदेखि स्थगित रहेको भदौ १ गते मंगलबार दिउँसो २ बजेका लागि बैठक आह्वान गरिएको छ।
उक्त बैठकमा उच्च शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश पर्यटन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथी पनि छलफल हुने बताईएको छ । त्यस्तै प्रदेशसभा बैठक बस्नु अघि भोलि सोमबार दिउँसो ४ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ ।