काठमाडौंका ३ ठाउँमा वाटर एटिएमको सेवा संचालनमा
काठमाडौँ २९ माघ । काठमाडौं महानगरपालिका र खानेपानी मन्त्रालय अन्तर्गतको काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले काठमाडौँ नगरपालिकाका ३ स्थानमा वाटर एटिएम सेवा शुरु गरेको छ । बिहिबारदेखि काठमाडौंको शंखधर पार्क, बालाजु र स्वयम्भुमा वाटर एटिएम सेवा शुरु भएको हो ।
आम मानिसलाई काठमाडौं महानगर क्षेत्रभित्रका केही सार्वजनिक स्थानहरुमा स्वच्छ र गुणस्तरीय पानी पिउने सुविधा प्रदान गर्नका लागि वाटर एटीएम जडान गरिएको बताएका छन् ।
वाटर एटिएम मार्फत् गिलाससहित २ रुपैयाँमा २०० मिलिलिटर गिलासबाहेक १ रुपैयाँमा २०० मिलिलिटर र ५ रुपैयाँमा १ लिटरको बोतलमा १ बोतल शुद्ध पिउने पानी प्राप्त गर्न सकिने छ ।