क्युआर कोडसहितको विद्युतीय प्रमाणपत्रको आवेदन लिने कार्य स्थगित
काठमाडौँ २७ साउन । काेराेना विरुद्धको खाेपकाे क्युआर कोडसहितको विद्युतीय प्रमाणपत्रको आवेदन लिने कार्य तत्काललाई स्थगित भएको छ ।
कीर्तिपुरमा आवेदन दिएका व्यक्तिको क्युआर कोडसहितको प्रमाणपत्र जारी नभएसम्मका लागि भौतिक रूपमा उपस्थित भएर थप आवेदन दिने कार्य स्थगित गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । तर अनलाइनमार्फत भने आवेदन दिन सकिने बताईएको छ ।
आफ्नो प्रमाणपत्र तयार भए नभएको आफैँले अनलाइनमार्फत हेर्न सकिने भन्दै प्रमाणपत्रका लागि भनसुन गर्न नपर्ने पनि मन्त्रालयले जनाएको छ । क्युआर कोडसहितको खोप लगाएको प्रमाणपत्र अनिवार्य भएका देशमा जान लागेका व्यक्तिलाई प्रमाणपत्र प्राप्त भएपछि मात्र जहाजको टिकट काट्न पनि विभागले अनुरोध गरेको छ।