image
image

किटजन्य रोगको अन्वेषणका लागि इन्टोमोलोजी ल्याब

काठमाडौँ  २७ साउन । किटजन्य रोगको अन्वेषणका लागि इन्टोमोलोजी ल्याब सञ्चालनमा ल्याइएको छ । सुदूरपश्चिम प्रदेश सरकारले रु १५ लाखको लगानीमा स्वास्थ्य कार्यालयमा सो ल्याब स्थापना गरेको छ ।किटजन्य रोग बाहकका रूपमा रहेका लामखुट्टे र भुसुनाजस्ता किटाणुबारे जानकारी लिन सुदूरपश्चिम प्रदेशमै पहिलोपटक सो ल्याब स्थापना गरिएको राजपुरस्थित डोटी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक गुणराज अवस्थीले बताए ।

“मानव स्वास्थ्यमा हानी पु¥याउने विभिन्न किटाणुको अध्ययन गर्ने एकमात्रै प्रयोगशाला मकवानपुर जिल्लाको हेटौँडामा मात्र छ”, उनले भने, “प्रयोगशालाका दक्ष जनशक्तिले देशभरिका विभिन्न स्थानमा पुगेर किटाणुको अध्ययन गर्दै आएका थिए तर थोरै जनशक्ति र एउटै ल्याबले सबै प्रदेशमा आवश्यकतानुसार अन्वेषण गर्न नसक्ने भएकाले यहाँ फैलिने विभिन्न किटजन्य रोगको अध्ययनका लागि ल्याब सञ्चालनमा ल्याएका छौँ ।”

औलो रोग फैलाउने एनोफिलिज लामखुट्टे र कालाजार रोग फैलाउने भुसुनाका बारेमा विस्तृतरूपमा अध्ययन गर्न ल्याब सहयोगी हुने निर्देशक अवस्थीको भनाइ थियो । कञ्चनपुरमै औलो माइक्रोस्कोपिक तालीम केन्द्रसमेत रहेको छ । यी दुवै ल्याब एकैठाउँमा स्थापना गरिएकाले विभिन्न किटजन्य रोग निवारणका लागि सहयोगी हुने भएको छ । आर्थिक वर्ष २०७८÷७९ मा प्रदेश स्वास्थ्य निर्देशनालयले औलो रोग बढी फैलिएका क्षेत्रमा हरेक महिनामा एक हप्ताको कार्यतालिका बनाई १२ महिनासम्म लामखुट्टेको आनीबानी अध्ययन गर्ने भएको छ ।


कार्यक्रमअनुसार यही साउन २५ गतेदेखि भीमदत्त नगरपालिका–९ र १० लाई केन्द्रविन्दु मानी औलो रोग सार्ने लामखुट्टेको अध्ययन शुरु गरिएको निर्देशनालयका स्रोतव्यक्ति हेमराज जोशीले बताए। यसबाट लामखुट्टेको नयाँ प्रजाति पहिचान हुनाका साथै आनीबानीसमेत थाहा हुने र किटनाशक विषादी तथा किटनाशक झुलको प्रभावकारिताबारे पनि अध्ययन गर्न सकिने उनको भनाइ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।