image
image

निरजले ज्याभलिङ थ्रोमा स्वर्णपदक जित्दै रचे इतिहास, करोडौँ रकमको पुरस्कार दिने घोषणा  

काठमाडौँ २५ साउन । टोकियो ओलम्पिकमा भारतका निरज चोपडाले ज्याभलिङ थ्रोमा स्वर्णपदक जित्दै इतिहास रचेका छन् । निरजले दिलाएको सफलतामा पूरै देशवासीले उत्सव मनाए ।

सफलतापछि निरजलाई उपहारको ओइरो लागेको छ । भारतले १६ वर्षपछि ओलम्पिकमा स्वर्ण जितेको हो । भारतीय खेलाडीदेखि सबै तह र तप्काका व्यक्तिले उनको प्रशंसा गरेका छन् ।

निरजलाई करोडौँ रकमको पुरस्कार दिने घोषणा गरिएको छ । राज्य सरकारले ‘वान क्लास’ जागिर दिने जनाएको छ । ओलम्पिकमा प्राप्त एक मात्र स्वर्णको उत्सवमा भारत सरकार, राज्य सरकार, निजी कम्पनीले निरजलाई करोडौँ रकम, जागिर र गाडी दिने घोषणा गरेका हुन् ।



निरजका लागि हरियाणा सरकारले सबैभन्दा पहिले पुरस्कारको घोषणा गरेको थियो । निरजलाई ६ करोड भारतीय रुपैयाँ पुरस्कार दिने घोषणा गरिएको थियो । मुख्यमन्त्री मनोहरलाल खट्टरलले हरियाणा सरकारले उनलाई वान क्लास जागिरसमेत दिने घोषणा गरे ।

त्यस्तै, पन्जाबका मुख्यमन्त्री क्याप्टेन अमरिन्दर सिंहले पनि दुई करोड भारु दिने घोषणा गरेका छन् । आफूले यो सफलतामा खुसी मनाएको बताउँदै पुरस्कारको घोषणा गरेका हुन् ।मणिपुर सरकारबाट एक करोड भारुको पुरस्कार घोषणा गरिएको छ । उनको सफलतालाई लिएर खुसी मनाउँदै पुरस्कार घोषणा गरिएको हो ।

यता, खेलसम्बद्ध संस्था भारतीय क्रिकेट कन्ट्रोल बोर्डले समेत निरजलाई पुरस्कारस्वरुप एक करोड भारु दिने घोषणा गरेको छ ।बोर्डले रजतपदक जित्ने मिराबाइ चानु र रवि दहियालाई ५०/५० लाख र कास्यपदक जितेका बजरंग पुनिया र पिवी सिन्धुलाई २५/२५ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

आईपीएल टिम चेन्नई सुपर किंग्सले एक करोड भारुको पुरस्कार रकम घोषणा गरेको छ । चेन्नई टिमबाट एक करोड दिने घोषणा गरिएको हो । चेन्नईले ८७५८ नम्बरको विशेष जर्सी समेत बनाउने जनाएको छ । निरजले आफ्नो दोस्रो थ्रोमा ८७.५८ मिटर दूरी भाला फ्याँकेका थिए ।

त्यस्तै, भारतको अनलाइन पाठ्यक्रम उपलब्ध गराउने कम्पनी बायजुसले निरजलाई दुई करोड भारु दिने घोषणा गरेको छ ।यता, भारतीय हवाई कम्पनी इन्डिगोले निरजलाई एक वर्ष निःशुल्क हवाई उडानको टिकट दिने भएको छ । स्किम सन् २०२१ अगस्ट ८ देखि २०२२ अगस्ट ८ सम्म लागु हुने बताइएको छ ।

अटोमोबाइल कम्पनी महिन्द्रा ग्रुपका अध्यक्ष आनन्द महिन्द्राले निरजलाई गाडी उपहार दिने बताएका छन् । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।