image
image

चौतारा अस्पतालमा पिसिआर मेसिन

काठमाडौँ २४ साउन । जिल्ला सदरमुकामस्थित चौतारा अस्पतालमा कोरोना परीक्षण गर्न पिसिआर मेसिन आइपुगेको छ । वाग्मती प्रदेश सरकारको आर्थिक सहयोगमा सो उपकरण ल्याइएको हो । अब स्वाब परीक्षणका लागि धुलिखेल जानुपर्ने बाध्यता हटेको छ ।

बाँदर र बँदेलको आतङ्क

जिल्लाको इन्द्रावती गाउँपालिका– ५ का कृषक बाँदर र बँदेलको आतङ्कदेखि हैरान भएका छन् । लगाएको बाली दिउँसै बाँदरले खाएर हैरानी खेपिरहेका स्थानीयबासी कुमार आचार्य दुखेसो पोखे । उनले भने, “हामी त भोक भोकै मर्ने भयाँै, न राज्यले वास्ता गरेको छ, न बाँदर र बँदेल धपाउनै सकेका छौँ । कसरी घर परिवार धान्ने ?”


किसान पारसनाथ आचार्यको पीडा पनि उस्तै छ । उनले भने “बाँदर र बँदेलकै कारण कृषिबाट पलायन हुने अवस्था नआउँला भन्न सकिदैन, भोकभोकै मरिएला जस्तो छ, परिवार धान्न धौधौ पर्ला जस्तो छ । अब कसरी, कहाँ, के गर्ने अन्योलमा छु । ”

बाँदर र बँदेलको आतङ्कबाट क्षति बेहोरेका विवरण गाउँपालिकालाई बुझाए पनि सहयोग नआएको पीडितको गुनासो छ । बाँदरबाट पीडित भएर आफू पटकपटक गाउँपालिका धाउँदा पनि कुनै प्रतिक्रिया नआएको उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।