image
image

माओवादीले बोलायो स्थायी समिति बैठक

काठमाडौँ २२ साउन । नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ । शुक्रबार अपरान्ह चार बजेका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठक बोलाएका हुन् । 

माओवादी केन्द्रका नेताहरुका अनुसार आजको बैठकमा सरकार सञ्चलनका लागि सत्तारुढ दलको कार्यदलले बुझाएको प्रतिवेदन र मन्त्री छनोटबारे छलफल हुनेछ । काँग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको सात सदस्यीय कार्यदलले आजै बिहान गठबन्धनका शीर्ष नेतालाई सरकार सञ्चालनबारे प्रतिवेदन बुझाएको थियो । यसअघि माओवादी अध्यक्ष प्रचण्डले कार्यदलले प्रतिवेदन बुझाएपछि मन्त्रीबारे टुङ्गो लगाउने बताएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।