image
image

विश्वकप क्रिकेट लिग–२ को प्रारम्भिक छनोटमा १९ खेलाडी

काठमाडौँ २० साउन । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एक दिवसीय सिरिजका लागि आज १९ सदस्यीय खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले बोलाएको १९ खेलाडीमध्ये गुलशन झा पहिलो पटक समावेश भएका छन् । गुलसनले मेयर्स कप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका थिए । नेपाल, ओमान र अमेरिकाबीचको सिरिज आगामी सेप्टेम्बरमा ओमानमा हुँदैछ ।


बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीमा ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, आशिफ शेख, गुलशन झा, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी छन् । त्यसैगरी कमलसिंह ऐरी, अविनाश बोहरा, शाहब आलम, सुशन भारी, शरद भेषवाकर, विक्रम सोब, पवन सर्राफ र रोहितकुमार पौडेल छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।