image
image

तालिम नै नलिई ८० हजारले पाए श्रम स्वीकृति

काठमाडौँ - सरकारले वैदेशिक रोजगारीमा जानुअघि पेशागत सीप तालिम अनिवार्य गरे पनि ८० हजारभन्दा बढीले तालिम नै नलिई विदेश जान श्रम स्वीकृति लिएका छन् । प्राविधिक शिक्षा तथा तालिमका लागि सरकारले संरचना नै खडा गरेर ठूलो रकम खर्च गरेर शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आए पनि तालिम नै नलिई उनीहरूले श्रम स्वीकृति पाएका हुन् ।

वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७-०७८ को प्रगति तथ्यांकमा १ लाख ६६ हजार ६९८ श्रमिकमध्ये कुनै पनि पेशागत तालिम नलिई गएको संख्या ८० हजार ३८२ रहेको उल्लेख छ । तथ्यांकले विदेश जाने आधा श्रमिक अझैं पनि अदक्ष रूपमै जाने गरेको देखाएको छ । जसका कारण उनीहरुको आम्दानी पनि कम हुन्छ, जसको प्रत्यक्ष प्रभाव उनीहरूले पठाउने रेमिट्यान्समा पनि पर्दछ । सीपयुक्त जनशक्तिले पाउने तलब बिना सीपकाले पाउनेभन्दा स्वभाविक रुपमा कम नै हुन्छ ।

सरकारले न्यूनतम सीपयुक्त जनशक्तिलाई वैदेशिक रोजगारीमा पठाउने नीति अनुरुप २ वर्षअघि रोजगारमूलक सीप विकास तालिम सञ्चालन कार्यविधि नै बनाएर तालिम अनिवार्य गरेको थियो । कार्यविधि २ वर्षअघि बने पनि कार्यान्वयन नहुँदा झण्डै ५० प्रतिशत अदक्ष युवा तालिम नै नलिई रोजगारीका लागि विदेश गएका छन् । यसमध्ये दक्ष जनशक्तिको संख्या ७० हजार ४२६ रहेको छ भने बाँकी उच्चदक्ष, व्यावसायिक, अर्धदक्ष रहेका छन । सरकारले २०७६ भदौबाट तोकिएको क्षेत्रअनुसार १ महिनाको सीपसम्बन्धी तालिम नलिएका युवा वैदेशिक रोजगारीमा जान नपाउने नियम बनाउने जनाएको थियो ।
वैदेशिक रोजगारीमा जाने युवाको कामलाई आम्दानी र सुरक्षाका हिसाबले मर्यादित बनाउन २ वर्षअघि नै सीप विकास तालिम अनिवार्य गरिएको हो । रोजगारमूलक सीप विकास तालिम सञ्चालन कार्यविधि, २०७५ लागू भएपछि नेपालबाट वैदैशिक रोजगारीमा जाने सबै युवा सीपयुक्त प्रमाणपत्रको आधारमा जानु पर्ने थियो । वैदेशिक रोजगार ऐनमा समेत वैदशिक रोजगारीमा जाँदा अनिवार्य तालिम लिनुपर्ने व्यवस्था रहेको छ । तर आफैंले बनाएको मापदण्डविपरीत सरकारकै निकायले तालिममै नलिएका युवालाई विदेश पठाएको छ । बोर्डका कार्यकारी निर्देशन राजनप्रसाद श्रेष्ठले रोजगारीका लागि विदेश जाने युवाले अनिवार्य सीप विकाससम्बन्धी तालिम लिनुपर्ने जनाउँदै यसका लागि प्राविधिक र भौतिक पूर्वाधारको काम गरिरहेको बताए । विगतमा तालिम नै नलिई नक्कली प्रमाणपत्र लिई विदेश जाने प्रवृत्ति देखिएपछि २ वर्षअघि अनलाइन प्रणालीमार्पmत तालिमको ट्याकिङ समेत गर्ने गरी
तालिमलाई बाध्यात्मक बनाउने निर्णय भएको थियो ।

वैदेशिक रोजगार विभागका अनुसार, व्यवसायीले कामदार भर्ना गर्दा मागपत्रमा एक प्रकारको काम भनेर प्रक्रिया अघि बढाउने र विदेश पुगेर अर्को काम गराउने गरेको गुनासो धेरै आउन थालेपछि तालिमको व्यवस्थालाई अनिवार्य गरिएको जनाएको भए पनि यसको कार्यान्वयन भने हुन सकेको छैन । बोर्डले भने सीप तालिमलाई वैदेशिक रोजगार विभागको अनलाइन पद्दतिमा एकीकृत हुनेगरी र सीप तालिम लिएका व्यक्तिको समग्र विवरण लिने गरी तालिम व्यवस्थापन सूचना प्रणाली (टीएमआईएस) सफ्टवेयरको निर्माण गरी कार्यान्वयनमा ल्याइएको जनाएको छ । बोर्डले आव २०७७-०७८ मा ७ हजार ९६० जनालाई लक्षित गरी सातैवटा प्रदेशमा सिटिईभिटिई अन्तर्गतका आंगिक शिक्षालयमार्फत निःशुल्क रुपमा १५ वटा विषयमा सीप तालिम सञ्चालन गरिएको जनाएको छ ।
-कारोबार दैनिकबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।