आज करिब दुई लाखले कोरोना विरुद्धको खोप लगाए
काठमाडौँ, १७, साउन । आज आइतबार मात्रै करिब दुई लाख मानिसले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा एक लाख १५ हजार १३२ जनाले खोप लगाएका हुन् । पछिल्लो समय नेपालमा कोभिडविरुद्धको पहिलो दास्रो मात्रा भेरोेिलको खोप लगाउन थालिएको छ । मन्त्रालयका अनुसार नेपालमा कोभिडविरुद्धको दुवै मात्रा पूरा गरेका १८ लाख १३ हजार ४७१ छन् । पहिलो मात्रै लगाएका ४० लाख ६४ हजार २८८ जना छन् ।
केही साताअघि अमेरिकाबाट ल्याइएको जोनसन एण्ड जोनसनको जान्सिन खोप पनि लगाउन थालिएको छ । जान्सिन खोप कुल ६ लाख २७ हजार ७३८ जनाले लगाएका छन् । त्यसैगरी भेरोसेल पहिलो मात्रा २२ लाख ३५ हना। ८०४ र दोस्रो मात्रा सात लाख २५ हजार ४२५ जनाले लगाएका छन् । कोभिसिल्डको पहिलो मात्र लगाउनेको संख्या १३ लाख ६८ हजार १७६ । दोस्रो मात्रा लगाउनेका संख्या चार लाख ६० हजार ३०८ जना छ ।
मुलुकमा कोभिडविरुद्धको चार वटा खोपले मान्यता पाएको छ । भारतको कोभिसिल्ड,चीनको भेरोसेल र अमेरिकाको जान्सिन खोपले मान्यता पाएको हो ।