image
image

कोरोनाका बिरामी बढेसँगै टेकु अस्पतालमा थपियो बेड 

काठमाडौा, १७, साउन । कोरोना भाइरस संक्रमणका बिरामी बढेपछि टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा संक्रमित विरामीका लागि बेड थपिएको छ । पछिल्लो केही दिनयता फेरि कोरोना भाइरस संक्रमित बिरामी बढेर बेड अभाव हुँदा बिरामी मर्कामा परेका थिए । आइतबार कोरोनाका बिरामीलाई लक्षित गर्दै थप दस बेड थपेको अस्पताल प्रशासनले जनाएको छ । 

कोरोनाका बिरामी बढेसँगै अस्पतालको प्रांगणको खुला स्थानमै बिरामीको उपचार हुँदै आएको थियो । अक्सिजन चाहिने बिरामी पनि बेड अभावमा अस्पताल परिसरमा छरिएर बस्न बाध्य थिए । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा शनिबार २ हजार २८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने हालसम्म कोरोना संक्रमण हुनेको संख्या ६ लाख ९५ हजार ३८९ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।