आज उपत्यकाको यी ठाउँमा हुँदै लोडसेडिङ ।
काठमाडौँ उपत्यकाका केही ठाउँमा आज लोडसेडिङ हुने भएको छ । ललितपुरको बालकुमारी खन्ना गार्मेन्ट, हनुमन्ते करिडोर, नमस्ते पेट्रोल पम्प आसपासका क्षेत्रमा दिउँसो ३ देखि ४ बजेसम्म एक घण्टा लोडसेटिङ हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
लुभु एकको फिडर अन्तर्गत पर्ने बालकुमारी खरिबोट नजिकै रहेको एशियन पेन्ट्स नेपालको ट्रान्सफरमर जलेकोले सो ट्रान्सफरम मर्मतको लागि सटडाउन गर्नुपर्ने भएकाले एक घण्टा बिजुली जाने प्राधिकरणले जनाएको छ ।
यस्तै काठमाडौंको सुकेधारा, चण्डोल, महाराजगंज, विशालनगर, चप्पल कारखाना, लोसाल आसपास एक बजेदेखि दुई बजेसम्म एक घण्टाको लागि विद्युत अवरुद्ध हुने प्राधिकरणको भनाइ छ ।