image
image

नक्साल भगवती र जय नेपाल चोकमा ट्राफिक बत्ती जडान

काठमाडौँ १५ साउन ।  नक्साल भगवती र जय नेपाल चोक अगाडि ट्राफिक बत्ती जडान गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ महानगरपालिका–१ को सहकार्यमा जय नेपाल चोक र कुमारी बैंकको सहकार्यमा नक्साल भगवतीको चोकमा ट्राफिक बत्ती जडान गरेको हो । 


जय नेपाल चोकमा जडान गरिएको बत्तीको महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र कामनपा–१ का वडाअध्यक्ष भरतलाल श्रेष्ठले संयुक्त उद्घाटन गरे । यस्तै, नक्साल भगवतीमा जडान गरिएको बत्तीको महाशाखा प्रमुख भट्टराई र कुमारी बैंकका अधिकृत रामचन्द्र खनालले उद्घाटन गरेका थिए ।


कार्यक्रममा महाशाखाका प्रमुख भट्टराईले प्रविधिमार्फत सडक व्यवस्थापनका लागि सडक बत्तीले सहयोग पुग्ने विश्वास व्यक्त गरे । “काठमाडौँ उपत्यकामा भइरहेको सवारी चाप, सवारी दुर्घटना तथा अन्य ट्राफिक समस्या समाधानको लागि प्रविधिको विकास र प्रयोगलाई महाशाखाले प्राथमिकता दिँदै आएको छ,” उनले भने ।


काठमाडौँ महानगरपालिका–१ का वडाअध्यक्ष श्रेष्ठले ट्राफिक बत्तीको प्रयोगले ट्राफिक व्यवस्थापन र दुर्घटना न्युनिकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताए । कुमारी बैंकका अधिकृत खनालले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत ट्राफिक बत्ती जडान कार्यलाई सहयोग गरिएको बताए । आगामी दिनपनि ट्राफिक प्रहरीसँग सहकार्य गर्ने उनको भनाइ थियो । 

महाशाखाले हालसम्म उपत्यकाका ३४ चोकमा ट्राफिक बत्तीमार्फत ट्राफिक व्यवस्थापन गर्दै आएको छ । ट्राफिक व्यवस्थापनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउँदै दुर्घटना न्यूनीकरणको लागी आगामी दिनमा अन्य चोकमा ट्राफिक बत्ती जडानको लागि समन्वय गर्ने महाशाखाका प्रहरी नायव उपरीक्षक (डिएसपी) सुनिलजङ्ग शाहले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।