image
image

अब आर्थिक सहायताको लागि अनलाइन प्रणालीबाट निवेदन दिन सकिने

काठमाडौँ १४ साउन । वैदेशिक रोजगार बोर्ड बाट कानुन अनुसार बोर्डमार्फत पाइने आर्थिक सहायताका लागि व्यक्ति आफैँले  निवेदन दिन मिल्ने बताएको छ  । बोर्डले अनलाइन  प्रणालीबाट निवेदन दिन सकिने बताएको हो ।


पछिल्लो समय बोर्डले विकास गरेको अनलाइन प्रणाली कार्यान्वयनका लागि कार्यविधि समेत बनाईसकेको छ । कार्यविधि स्वीकृतिका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पठाइएको र मन्त्रालयबाट स्वीकृति भएपछि अनलाइन प्रणाली कार्यान्वयनमा आउने कार्यकारी निर्देशक श्रेष्ठले बताएका छन् । 

त्यस्तै व्यक्तिले निवेदन दिएपछि आएका कागजातको जाँच गर्ने र सबै आवश्यक प्रक्रिया र कागजात पूरा गरेका व्यक्तिलाई बोर्डले तत्कालै सेवा दिने बताईएको छ । पालिकासँग समन्वय गर्ने गरी प्रयोगमा ल्याईएको यो अनलाइन प्रणाली मार्फत कानुन अनुसार बोर्डबाट पाइने आर्थिक सहायता जस्तै, कोही आफन्तको विदेशमा मृत्यु भएमा, अङ्गभङ्ग भएर फर्किएमा, विदेशमा अलपत्र परेमा, आफन्तको शव अलपत्र परेमा, बिरामी भएर अस्पताल भर्ना भएमा या अन्य कुनै सेवा चाहिएमा देश विदेश जहाँबाट पनि निवेदन दिन सकिनेछ ।


 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।