अब कोभिडविरुद्ध खोप लगाएका विदेशीले कुवेतमा प्रवेश पाउने
काठमाडौँ १४ साउन । कुवेत सरकारले प्रवेशमा अनुमति दिए सँगै कोरोनाविरुद्धको खोप लगाएका विदेशी नागरिकले कुवेत प्रवेश पाउने भएका छन् । कुवेतले विदेशी नागरिकलाई १ अगष्टदेखि प्रवेश अनुमति दिएको हो।
कुवेतले फाइँजर, अष्ट्राजेनेका, मोडर्ना खोपका दुवै मात्रा एवंम जोन्सन् एन्ड जोन्सन् खोपको एउटा मात्रा लगाएकालाई कुवेत प्रवेशमा अनुमति दिइने बताएको छ।यसरी कुवेत प्रवेश गर्ने यात्रुको साथमा ७२ घण्टा भित्रको पीसीआर रिपोर्ट पनि अनिवार्य हुनुपर्ने बताईएको छ ।