image
image

घट्दै फोरजीका प्रयोगकर्ता

काठमाडौँ  १४ साउन । पछिल्लो समय नेपालमा फोरजीका ग्राहक घट्न थालेका छन् । केही महिना महिना अगाडिसम्म उल्लेख्य मात्रामा थपिएका ग्राहक पछिल्लो समय घट्न थालेका हुन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७-७८ को १० महिना (गत साउनदेखि जेठ मसान्तसम्म) को तथ्याङ्कअनुसार गत वैशाखको तुलनामा जेठमा प्रयोगकर्ता घटेको पाइएको हो । प्राधिकरणको तथ्याङ्कअनुसार वैशाख मसान्तसम्म ७६ लाख ९७ हजार ८६३ जना फोरजीका प्रयोगकर्ता रहेकामा जेठमा ७६ लाख ६४ हजार ४५९ पुगेको छ । गत वैशाखकोे तुलनामा जेठमा ३३ हजार ५०४ जनाले कमी आएको छ ।

नेपालमा तीन दूरसञ्चार सेवा कम्पनीले फोरजी सेवा सञ्चालन गरेका छन् । तीन कम्पनीमध्येमा सबैभन्दा धेरै ग्राहक एनसेलको छ । दश महिनामा सो कम्पनीका फोरजीका ग्राहक ४८ लाख पाँच हजार पुगेको छ । गत चैत महिनामा ५० लाख १७ हजार १७० रहेको जनाइएको छ ।


सरकारी स्वामित्वमा सञ्चालित नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) नेपाल टेलिकमले २१ हजार बढी फोरजी प्रयोगकर्ता थपेको छ । वैशाखसम्म टेलिकमसँग २६ लाख ८६ हजार प्रयोगकर्ता रहेकामा जेठ महिनामा २७ लाख सात हजार ४२९ पु¥याएको प्राधिकरणले जनाएको छ ।

यसैगरी स्मार्ट टेलिकमका फोरजी प्रयोगकर्ता एक लाख ५१ हजार ७१५ पुगेको छ । गत वैशाखसम्म स्मार्टका प्रयोगकर्ता दुई लाख छ हजार ३९३ जना रहेका थिए । स्मार्ट टेलिकमका फोरजीका मात्र ग्राहक रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।