image
image

स्वास्थ्य कार्यालयललाई प्रदेश सरकारको सहयोग

काठमाडौँ  १३ साउन । वाग्मती प्रदेश सरकारबाट प्राप्त स्वास्थ्यसामग्री स्वास्थ्य कार्यालय चितवनलाई हस्तान्तरण गरिएको छ । भरतपुरमा आज आयोजित कार्यक्रममा प्रदेशसभा सदस्य कृष्णप्रसाद भूर्तेलले ती सामग्री हस्तान्तरण गरेका हुन् ।

प्रदेश सरकारले १५ वटा अक्सिजन कन्सन्ट्रेटर, सुजकभर, डिस्पोजेबल क्याप, फेससिल्ड, सेफ्टी गगल्स, ऐन ९५ माक्स, ग्लोब्स, गाउन सेट, सेनिटाइजरलगायतका स्वास्थ्यसामग्री उपलब्ध गराएको थियो ।

सो अवसरमा प्रदेशसभा सदस्य भूर्तेलले वाग्मती प्रदेश सरकारले चितवन जिल्लालाई विशेष महत्व दिएर स्वास्थ्य सामग्री सहयोग गरेको बताए । जिल्लामा स्वास्थ्य उपचारका लागि विभिन्न जिल्लाबाट बिरामी आउने गरेको बताउँदै उनले भने, “स्वास्थ्य सेवाका हिसाबले चितवन उत्कृष्ट बन्दै गएको छ ।” उहाँले स्वास्थ्य सेवा शहर केन्द्रीत नगरेर जिल्लाका गाउँगाउँमा रहेका स्वास्थ्य संस्थासम्म पु¥याउनुपर्नेमा जोड दिए ।


कार्यक्रममा वाग्मती प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौँडाका निर्देशक वसन्त अधिकारीले प्रदेश सरकारले कोरोनाको तेस्रो लहरको रोकथामको लागि तयारी गरिरहेको बताए । तेस्रो लहरको तयारीस्वरुप सबै प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष र एचडियू विस्तार, पिसिआर मेसिन सञ्चालन, अक्सिन प्लान्ट जडानको काम भइरहेको उहाँको भनाइ थियो ।

सो अवसरमा स्वास्थ्य कार्यालय चितवनका निमित्त प्रमुख अमृत महर्जनले प्राप्त सामग्री सातै पालिकामा वितरण गरिने बताए । उनले प्राप्त सामग्रीको उच्चतम सदुपयोग गरिने प्रतिबद्धता व्यक्त गरे ।-
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।