अब भाषा परीक्षा उत्तीर्ण भएर रोकिएका युवा कोरिया जान पाउने
काठमाडौँ १३ साउन । नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकले भाषा परीक्षा उत्तीर्ण गरेर पनि कोरिया जान नपाएका युवाहरुलाई लैजान आफ्नो देश गम्भीर रहेको जनाएका छन् ।
बुधवार मन्त्रालयमा भएको अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टाचार भेटका क्रममा उनले यस्तो बताएका हुन् । उक्त छलफलमा शर्माले भाषा परीक्षा उत्तीर्ण गरी कोरिया जान नपाएका युवाहरुलाई काम गर्ने वातावरण बनाइदिन आग्रह गरेका थिए ।
जवाफमा राजदूत पार्कले रोकिएको इपिएसको काम अघि बढाउन आफूले पहल गर्ने वचन दिए । नेपालीहरुको मेहनती र इमान्दारिताबाट कोरियाली रोजगारदाताहरु खुशी रहेको प्रसंग उल्लेख गर्दै उनले भाषा परीक्षा उत्तीर्ण गरी पालोमा बसेका श्रमिकहरुलाई काममा पठाउने प्रक्रिया अघि बढाइने जानकारी दिए ।
भेटको क्रममा अर्थमन्त्री शर्माले कोभिड–१९ विरुद्धको खोप पहिलो प्राथमिकता भएको भन्दै त्यसको लागि कोरियाली जनताको तर्फबाट आवश्यक सहयोग रहने विश्वास व्यक्त गरे ।