image
image

सात महिनामा एक किलोमिटर सुरुङ

काठमाडौँ - निर्माणाधिन काठमाडौं–धादिङ जोड्ने नागढुंगा–सिस्नेखोला सुरुङमार्गको एक किलोमिटर सुरुङ निर्माण कार्य सकिएको छ । २.६८ किलोमिटर लम्बाइको सुरुङमध्ये मंगलबारसम्म काठमाडौं र धादिङतर्फ ९ सय ९८ मिटर सुरुङ निर्माण पूरा भएको हो ।


गत वर्षको ७ पुसबाट सुरुङ छेड्ने काम सुरु भएको थियो । ४२ महिनामा निर्माण सम्पन्न गर्ने गरी ०७६ कात्तिक ४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए ।


लम्बाइ २.६८ किमी, चौडाइ ३.५ किमी, दुवैतर्फ ०.५ मिटर पानी बगाउने नाली, एप्रोच मार्ग, पूर्व लम्बाइ २.३२ किमी निर्माण हुनेछ । २४ सै घण्टा करिब ६ सय ५० प्राविधिक जनशक्ति सहितको टोलीले सातामा ६ दिन सुरुङमार्ग खन्ने काम भैरहेको आयोजना प्रमुख नरेशमान शाक्यले बताए ।

“औसतमा ६ देखि ७ मिटरसम्म सुरुङमार्ग खन्ने काम भैरहेको छ,” शाक्यले भने, “धादिङतर्फ खन्नको लागि सहज हुँदै गएको छ । त्यहाँ राम्रो चट्टान भेटिँदै गएकाले दैनिक ६ मिटर सम्म खनिएको छ । काठमाडौंतर्फ राम्रो चट्टान नभेटेकाले गर्दा दैनिक अधिकतम औसतमा ५ मिटरसम्म खन्ने काम भैरहेको छ ।”


२०२३ अप्रिल २६ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको सो सुरुङमार्गको काम बिहान ७ देखि साँझ ७ बजेसम्म एउटा सिफ्ट र साँझ ७ देखि बिहान ७ बजेसम्म अर्काे सिफ्टमा सुरुङमार्ग खन्ने काम भइरहेकोे छ । ड्रिलिङ र ब्लास्टिङ प्रविधिबाट खनिएको आयोजनाले जनाएको छ ।


प्रमुख शाक्यका अनुसार मासिक ४ प्रतिशत भौतिक प्रगति लक्ष्य राखेर समयमा नै आयोजना सम्पन्न गर्नको लागि दुई सिफ्टकै सयममा लक्ष्य प्राप्तिको लागि काम भैरहेको छ । आयोजनाका अनुसार, हालसम्म १६ प्रतिशत भौतिक प्रगति र २६ प्रतिशत आर्थिक प्रगति भएको छ ।
-कारोबार दैनिकबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।