नेपालमा फाइभजी सेवा सञ्चालन गर्ने बाटो खुल्यो
काठमाडौं २७ माघ । अब नेपालमा फाइभजी सेवा सञ्चालन गर्न सकिने भएको छ । फाइभजी सेवा विस्तारका लागि आवश्यक पर्ने फ्रिक्वेन्सी तय भएपछि सेवा विस्तारको बाटो खुलेको नेपाल दूरसञ्चार प्राधिकरणले जानकारी दिएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले फाइभजी प्रविधिका लागि चाहिने फ्रिक्वेन्सी पारित गरेको हो। प्राधिकरणको बैठकले उक्त निर्णय पास गरेको प्राधिकरणका एक अधिकारीले जानकारी दिए।
प्राधिकरणले यसअघि फाइभजीको फ्रिक्वेन्सी अध्ययन गर्न राष्ट्रिय फ्रिक्वेन्सी व्यवस्थापन समिति समेत गठन गरेको थियो। समितिले दिएको सिफारिसका आधारमा प्राधिकरणले फ्रिक्वेन्सी उपलब्ध गराउने निर्णय गरेको हो।
अब प्राधिकरणले रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिलाई सिफारिस गर्ने र समितिले फ्रिक्वेन्सी तोक्ने जनाइएको छ।