कहाँ पुग्यो सबस्टेशन निर्माणको काम
काठमाडौँ १२ साउन । जाजरकोट जिल्लामा निर्माण गर्ने भनिएको चारवटा सबस्टेशनको काम चलिरहेको छ । नलगाड नगरपालिकाको चौखामा ठेक्का लागेर काम शुरु गर्न लागिएको छ । दुई वर्षभित्र सक्ने भन्दै सो ठेक्का गरिएको हो ।
त्यस्तै बडावन र समाइलामा निर्माण हुन लागेको सबस्टेशनको काम अहिले अध्ययन कार्य जारी छ । अध्ययन सकिएलगत्तै चार महिनाभित्र ठेक्का खोल्ने तयारी छ । क्षेत्रीय कार्यालयले चौखामा ठेक्का गरेको र केन्द्रीय कार्यालयले वडावन र समाइलामा ठेक्का गर्नेछ । गुदुमा सबस्टेशन निर्माण पूरा भई जाजरकोट र रुकुम पश्चिमका केही भागमा बत्ती बलिरहेको छ ।
साथै जिल्लामा अहिले तत्काल ११ केभी प्रसारण लाइनको विद्युत् प्रवाह भइरहेको छ । भेरी नगरपालिका, छेडागाड नगरपालिका अधिकांश ठाउँमा केन्द्रीय लाइन (११केभी) विस्तार भइसकेको छ । अन्य पालिकामा विद्युत् लाइन विस्तारका लागि गरिएका ठेक्काको काम निर्माण व्यवसायीले नगर्दा काम समयमै हुन नसकेका हुन् ।