image
image

मकवानपुर गढीमा १५ श्ययाको अस्पताल निर्माण

काठमाडौँ ११ साउन । मकवानपुरगढी गाउँपालिका वडा न ६ स्थित डुम्रे कुनामा  रु ६ करोड ५७ लाखका लागतमा १५ श्ययाको अस्पताल निर्माण भइरहेको छ । पन्ध्र श्ययाको सो अस्पताल सङ्घीय सरकारको आर्थिक सहयोगमा  निर्माण जारी रहेको गाउँपालिकाका इञ्जिनीयर सुवास अधिकारीले जानकारी दिए ।


अस्पताल बनाउन  स्थानीयवासी नरबहादुर  स्याङतान तथा वीरबहादुर लुगङवाले नौ रोपनी जग्गा  प्रदान गरेका थिए । गाउँपालिकाले  आर्थिक वर्ष २०७८/०७९ मा  अस्पतालको निर्माण , संरक्षण  तथा व्यवस्थापनका लागि रु ३० लाख बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष विदुर हुमागाईँले जानकारी दिए । 

अस्पताल नहुँदा उपचारका लागि हेटौंडा र चितवन जानुपर्ने बाध्यता छ ।  गाउँपालिकाले  सुत्केरी भत्ताबापत रु पाँच हजार प्रदान गर्दै आएको छ । सङ्घीय सरकारले सुत्केरी भत्ताबापत रु दुई हजार ८०० दिँदै आएकोमा गाउँपालिकाले सुत्केरी भत्तालाई बढाएर रु पाँच हजार कायम गरेको अध्यक्ष हुमागाईंलाई जानकारी दिए। गाउँपालिकाले गर्भवतीका लागि घरदैलो सेवासमेत प्रदान गरेको बताइएको छ । 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।