image
image

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले लिए शपथ 

काठमाडौँ १० साउन । आजै नियुक्त भएका स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले पद तथा गोपनियताको शपथ लिएका छन् । 


सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिषरिषद् कार्यालयमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले श्रेष्ठलाई पद तथा गोपनीयताको सपथ गराएका हुन् ।

संविधानतः राज्यमन्त्रीलाई प्रधानमन्त्रीले सपथ खुवाउने व्यवस्था रहेकोले सपथ समारोह शीतल निवासमा नभएर सिंहदरबारमा राखिएको हो । 


सपथ समारोहमा देउवा मन्त्रिमण्डलका सदस्यहरू उपस्थित थिए । प्रधानमन्त्री देउवाले श्रेष्ठलाई आज स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका थिए । 

स्वास्थ्यमन्त्रीको जिम्मेवारी भने हाल प्रधानमन्त्रीले आफैं राखेका छन् । मन्त्री श्रेष्ठ शिक्षा तथा स्वास्थ्य व्यवसायीसमेत हुन् । 
 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।