मितेरी पुल पुर्ननिमाण सकिएसँगै खुल्यो तातोपानी नाका
काठमाडौँ २७ माघ । नेपाल–चीन सीमा क्षेत्रको तातोपानी नाका बीस दिनपछि खुला भएको छ । सीमाको पुल मर्मतकालागि बन्द गरिएको नेपाल चीन व्यापारिक नाका तातोपानी पुनः सञ्चालनमा आएको छ । बाढीले क्षति पुर्याएको मितेरी पुल मर्मत गर्न चिनियाँ पक्षले माघ ८ गतेदेखि उक्त नाका बन्द गरेको थियो ।
बन्द भएको २०औं दिन पछि नाकाबाट दुईदेशीय व्यापार पुनः सुरु भएको तातोपानी भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले बताएका छन् ।उनका अनुसार नाका खुलेकै दिन चीनबाट ६ वटा कन्टेनरमा सामग्री नेपाल आउदैछन् । चीनतर्फ लोड भएर रहेका थप ४ वटा मालबाहक कन्टेर भने भोलि आउने उनको भनाइ छ ।
कोरोना, बाढी पहिरो जस्ता कारणले यो वर्ष दर्जनौंपटक तातोपानी नाका बन्द हुँदा नेपाल चीनबीच हुने व्यापर यस वर्ष प्रभावित भएको थियो ।