image
image

कर्णाली राजमार्गमा थपिए १२ वटा पक्की पुल

काठमाडौँ, कर्णाली राजमार्गमा मात्र पछिल्ला चार वर्षको अवधिमा थप १२ वटा पक्की पुल निर्माण भएका छन् । आर्थिक वर्ष २०७३/७४ देखि सुरु भई गत आर्थिक वर्ष २०७७/७८ को अवधिमा यो राजमार्गमा सो सङ्ख्यामा पुलको निर्माण सम्पन्न भएको हो ।

सडक विभागका महानिर्देशक अजुनजङ्ग थापाले कर्णाली राजमार्गको विस्तार र स्तरोन्नति गर्ने कार्यक्रमअन्तर्गत १२ वटा नयाँ पक्की पुलको निर्माण सम्पन्न भएको जानकारी दिनुभयो । पश्चिम नेपालको सुर्खेतबाट दैलेख र कालीकोट हुँदै कर्णाली नदीको किनारै किनार भएर जुम्लासम्म पुग्ने मार्गलाई कर्णाली राजमार्ग भनिन्छ ।

महानिर्देशक थापाका अनुसार सो राजमार्गको माटे खोला, तीला खोला, कुवा खोला, लुम्चडी खोला, गुहेगाड खोला, काले खोला, पाल्तडा खोला, कानेगाड खोला, दही खोला, छिडेना खोला, सिँजा खोला र पातले खोलामा पुल निर्माण सम्पन्न भएका छन् । ती पुलहरूको निर्माणका लागि आर्थिक वर्ष २०७३/७४ मा विभिन्न निर्माण कम्पनीसँग सम्झौता भएको थियो । करिब ४३ करोड रुपियाँको लागतमा निर्माण सम्पन्न भएका ती पुल दुई लेनका छन् ।

तीला खोलाबाहेकका पुलको निर्माण २०७४ को जेठदेखि निर्माण सुरु भई गत आर्थिक वर्षको माघभित्रमा नै सम्पन्न भएका हुन् । तीला खोलाको पुल निर्माणका लागि २०७५ मा सम्झौता भई यस वर्षको जेठमा सम्पन्न भएको थियो । एक दशकअघि २०६३ साल चैत महिनाको ३० गतेदेखि सञ्चालनमा आएको कर्णाली राजमार्गको कुल लम्बाइ २३२ किलोमिटर रहेको छ ।

विश्व बैङ्कको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको उक्त राजमार्गको सुर्खेत–जुम्ला राजमार्ग नामकरण गरिएको थियो । अहिले मुलुकभरि एक हजार पाँच सय नयाँ पुल निर्माणाधीन अवस्थामा रहेका छन् ।
-गोरखापत्रबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।